काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरी भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिको पत्रमा कोरोनाविरुद्धको खोप उपलव्ध गराउन पहल गरिदिन राष्ट्रपति कोविन्दसमक्ष आग्रह गरिएकाे छ । पत्रमा भारतमा फैलिएको कोरोना महामारीप्रति राष्ट्रपतिले दु:ख व्यक्त गरेकी छन् ।