logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • चीनले गर्‍यो नेपाललाई एक मिलियन डोज खोप उपलब्ध गराउने घोषणा

    चीनले गर्‍यो नेपाललाई एक मिलियन डोज खोप उपलब्ध गराउने घोषणा

    2.1K
    Shares

    काठमाडाैं । काेराेना महामारीका कारण आक्रान्त बनेकाे नेपाललाई चीनले १ मिलियन डोज  (दश लाख ड़ोज) खोप  दिने भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेपछि चीनले नेपाललाई सो परिणामको खोप उपलब्ध गराउने चिनियाँ राजदूत  होऊ यान्छीले जनाएकी छन् । उनले ट्वीटमार्फत उक्त जानकारी गराएकी हुन् ।

    बुधबार दिउँसाे दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको थियाे ।

    पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप जुटाउन राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छिन् । यसअघि राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरी भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend