काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरुको नाम समावेश गरिएकाे छ ।
केही दिनअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा भट्टराई र विष्टले सहमति जनाएका थिएनन् । राष्ट्रपतिसमक्ष बुझाइएकाे पत्रकाे सूचीमा याेगेश भट्टराई र गाेकर्ण विष्टले हस्ताक्षर भने गरेका थिएनन् । त्यसपछि उनीहरुले नेपाल समूह छाेडेकाे अनुमान गरिएकाे थियाे ।
नेकपा (एमाले)का माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध एकजुट हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । योगेश भट्टराईसहित १५ स्थायी कमिटी सदस्यहरूले सामूहिक वक्तव्य जारी गरी ओलीका निरंकुश र प्रतिगामी कामकारबाही विरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् ।
याे पनि :
नेपाल समूहका १५ नेता भन्छन् : निरंकुश र प्रतिगामी कामकारबाहीकाे विरुद्ध एकता र सहकार्य अपरिहार्य