logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पाँच पूर्व अर्थमन्त्री भन्छन् : सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन 

    पाँच पूर्व अर्थमन्त्री भन्छन् : सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन 

    2.5K
    Shares

    काठमाडाैं । पूर्व अर्थमन्त्रीहरूले अहिलेको समयमा सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । 

    पूर्व अर्थमन्त्री  मञ्चको बिहीबार बसेको बैठकले हाल बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको, संसद् पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा यसबेला पूर्ण बजेट ल्याउन नमिल्ने बताएको हो ।

    अध्यादेशमार्फत बजेट ल्याउनै पर्ने बाध्यता भए नियमित खर्चमात्रै गर्ने गरी कामचलाउ बजेट ल्याउने सुझाव पनि बैठकले दिएको छ । कोभिड–१९ का कारण अर्थतन्त्रका प्रभावित क्षेत्रलाई राहत दिने गरी विशेष प्याकेज ल्याउनुपर्ने सुझाव पनि बैठकले दिएको छ ।

    बैठकमा पूर्व अर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुन सहभागी रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend