काठमाडाैं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादवी भण्डारीको आलोचना गरेकी छन् । गणतन्त्र दिवसको शुभकामनासहित झाँक्रीले राष्ट्रपति संस्था संविधानको संरक्षक भए पनि वर्तमान राष्ट्रपति प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेकाले गणतन्त्रप्रति नकारात्मक भावना बढेको टिप्पणी गरेकी हुन् ।
उनले भनेकी छन्, ‘राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक हो । जसले संविधान र कानुनको सीमा मिचेर कार्यकारीको रबर स्ट्याम्प भई संस्थाको मर्यादा कायम गर्न नसक्दा आज गणतन्त्रप्रति नै नकारात्मक भावना बढेको छ ।’
अगाडि उनले भनेकी छिन् ‘यो हामीले लडेर ल्याएको व्यवस्था हो, लोकतन्त्रमा व्यक्तिको विकल्प खोजौँ, व्यवस्थाको होइन ।’