काठमाडाैं । जसपाका अध्यक्ष महन्थ ठाकुरले पुन: उपेन्द्र यादवलाई फेरि स्पष्टीकरण पठाउन पत्र पठाएका छन् । उनले २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाएर सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।
यसअघि उपेन्द्र यादवले पनि ठाकुरलाई तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र पठाएका थिए ।
जसपामा यतिबेला स्पष्टिकरणकाे हाेडबाजी चलेकाे छ । यसअघि पनि दुवैले एक अर्कामा स्पष्टिकरण माग गरेका थिए । दुवैले जवाफ बुझाएका थिएनन् ।