काठमाडाैं । सरकारले विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार ऋण उपलब्ध गराउने भएकाे छ । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ वर्षभित्र तिर्नुपर्नेछ ।
१६ वर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।