logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रभु बैंकका सीईओ शेरचन भन्छन्- कोभिड नियन्त्रण र खोपलाई समेटेर सरकारले उत्कृष्ट बजेट ल्यायो

    प्रभु बैंकका सीईओ शेरचन भन्छन्- कोभिड नियन्त्रण र खोपलाई समेटेर सरकारले उत्कृष्ट बजेट ल्यायो

    4.1K
    Shares

    काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अशोक शेरचनले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेट सकारात्मक भएको बताएका छन् ।  

    बजेटबारे सुनौलो नेपालसँग कुरा गर्दै शेरचनले भने, ‘सरकारले स्वास्थ्य क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणक र खोपमा पर्याप्त बजेट छुट्याउनु निकै राम्रो पाटो हो । तर यसको कार्यान्वयन चुस्त हुनु आवश्यक छ ।’

    सरकारले बजेटमा सबैलाई समेट्ने प्रयास गरेको र उद्योगी व्यापारीलाई पनि छुने खालको रहेको उनले बताए । ‘सबै क्षेत्रलाई ठूलो रुपमा समेट्न नसकेपनि पनि चित्त बुझ्ने खालको बजेट छ ।’- उनले भने ।

    बैंक तथा वित्तीय क्षेत्रको सम्बन्धमा भने अब सरकारले ल्याउने मौद्रिक नीति कस्तो हुन्छ भन्ने कुराले महत्व राख्ने शेरचनको भनाई छ । ‘शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने जस्ता विषय सरकारले मौद्धिक नीतिमार्फत् मापदण्ड बनाउने हुँदा त्यो कसरी कार्यान्वयन हुन्छ भन्ने विषय मौद्रिक नीति आएपछि मात्र भन्न सकिन्छ ।’ उनले भने । 

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट शनिबार प्रस्तुत गरेका थिए । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend