logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • भारत र बेलायतको ‘मिश्रणयुक्त’ भेरियन्ट भियतनाममा फेला, अत्यन्त खतरनाक रहेको दावी

    भारत र बेलायतको ‘मिश्रणयुक्त’ भेरियन्ट भियतनाममा फेला, अत्यन्त खतरनाक रहेको दावी

    4.3K
    Shares

    काठमाडौं । विश्व नै आक्रान्त बनाइरहेको कोरोना भाइरसले आफ्नो स्वरुप निकै छिटो परिवर्तन गरिरहेको छ । कोरोना भाइरसकै नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् । भियतनाममा फेला परेको नयाँ भेरियन्ट भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रण हो ।

    भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको सरकारको एक बैठकमा जानकारी गराएका छन् । उनले यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीमा उल्लेख छ ।

    भियतनाममा फेला परेको भनिएको नयाँ भेरियन्टबारे डब्ल्यूएचओका अधिकारीहरुको टिप्पणी सार्वजनिक भएको छैन ।

    वैज्ञानिकहरुले जनाए अनुसार बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक रहेको छ । नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पुर्‍याउने असरबारे भने अध्ययन हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

    हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend