काठमाडाैं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले तेस्राे पटक विवाह गरेका छन् । उनले केही मानिसहरुको उपस्थितिमा तेस्राेपटक सुटुक्क बिहे गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
५६ वर्षीय जोन्सनले शनिबार केही मानिसहरुको उपस्थितिमा ३३ वर्षीया क्यारी सिमोन्ड्ससँग बिहे गरेका हुन् ।
वेस्टमिनस्टर क्याथेडेरलमा भएको विवाहोत्सवमा ३० जना मानिसहरु निम्ताे दिइएकाे समाचारमा जनाइएकाे छ । बेलायतमा काेराेना भाइरस महामारीका कारण विवाहमा ३० जनाभन्दा बढी उपस्थित हुन पाउने मापदण्ड छ । साेही मापदण्ड अनुसार बिहेमा ३० जनामात्र मानिस बोलाइएको हो ।
जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि सम्बन्धमा रहेका थिए । गएको अप्रिलमा सिमोन्ड्सबाट उनीहरुको छोरा जन्मिएकाे थियाे । जोन्सनले यसअघि २ बिहे गरेका थिए र दुबै डिभोर्स भएको थियो । उनको पहिलो बिहे अलेग्र मोस्टीनीसँग भएको थियो भने दोस्रो बिहे मेरिना ह्विलरसँग भएकाे थियाे ।