काठमाडाैं । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेकाे छ । त्यहाँ देखिएको भेरियन्ट भारत र बेलायतमा पहिले पाइएको भाइरसकाे प्रकारसँग मिल्दोजुल्दाे भएकाे बीबीसीले जनाएकाे छ ।
शनिबार भियतनामका स्वास्थ्य मन्त्री गुयेन थान्ह लान्गले भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण भएको बताएकाे बीबीसीले उल्लेख गरेकाे छ ।
काेराेना भाइरसले फरक-फरक रुपमा विश्व आक्रान्त पारिरहेकाे छ । सन् २०१९ मा चीनकाे वुहान शहरमा पहिलाे पटक भेटिएकाे याे भाइरसका विभिन्न स्वरुप पहिचान भइसकेका छन् ।
भियतनाममा हाल संक्रमणदर बढिरहेकाे छ । त्यहाँ महामारी सुरु भएदेखि हालसम्म ६ हजार ७ सय जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म यहाँ ४७ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लाे समय भारतमा भेटिएकाे नयाँ प्रकारकाे भाइरसका कारण भारतसहित नेपाल आक्रान्त बनेकाे छ । केही समययता नेपालमा पनि काेराेना भाइरस संक्रमण र मृत्युदर बढेकाे थियाे । पछिल्ला केही दिनमा भने भारत र नेपाल दुवै देशमा संक्रमणदर र मृत्युदरमा केही कमी आउन लागेकाे तथ्यांक छ ।