काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको हो ।