logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • खाेप खरिदका लागि सहजीकरण गरिदिन राष्ट्रपतिद्वारा रुसलाई पत्राचार

    खाेप खरिदका लागि सहजीकरण गरिदिन राष्ट्रपतिद्वारा रुसलाई पत्राचार

    2.7K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् ।

    परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भनी खोप सहयोगको लागि अनुरोध गरिएको छ ।

    यहि व्यहोराको पत्र खोप उत्पादक मुलुक अमेरिका, भारतका राष्ट्रपतिसमक्ष पनि राष्ट्रपतिले पठाइसकेकी छन् । चीनका राष्ट्रपति सी जिनपिङसँग कुराकानीपछि चीनले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिइसकेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend