काठमाडौं । नेकपा एमालेको आइतबार ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक सरेको छ ।
तयारी नपुगेको भनि बैठक सारिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक सोमबार बिहान १० बजे बस्नेगरी मिति सरेको जानकारी दिए ।