काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेता गोकर्ण विष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन पनि दिएका छन् । आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको आइतबारको भर्चुअल बैठकमा नेता नेपालले यस्तो निर्देशन दिएका हुन् ।
एकता बचाउने कोसिसमा रहेका नेता विष्टले भर्चुअल बैठकमा आफू अझै एकता बचाएर लैजान सकिन्छ कि भन्ने अन्तिम कोसिसमा रहेको बताएका थिए ।
बैठकमा सहभागी एक विद्यार्थी नेताका अनुसार नेता नेपालले यसै सता भित्र नयाँ पार्टी गठनको संकेत गरेका छन् । नेपाललाई उदृत गर्दै उनले भने ‘त्यसैले गोकर्णजी कुरा गर्ने नै हो भने अब दुई–तीन दिनभित्र ओलीसँग फाइनल गर्नुस्, नत्र नयाँ क्रान्तिकारी पार्टी गठन गरेर सबै कम्युनिस्ट पार्टीहरूलाई पनि गोलबद्ध गर्दै अगाडि जानुको विकल्प छैन ।’
‘त्यसैले गोकर्णजी कुरा गर्ने नै हो भने अब दुई–तीन दिनभित्र ओलीसँग फाइनल गर्नुस्, नत्र नयाँ क्रान्तिकारी पार्टी गठन गरेर सबै कम्युनिस्ट पार्टीहरूलाई पनि गोलबद्ध गर्दै अगाडि जानुको विकल्प छैन ।’