काठमाडौं । आइतबार स्थगित भएको एमाले स्थायी कमिटी बैठक सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
स्पष्टीकरण सोधिएका एमाले नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै बैठकले आवश्यक निर्णय लिनेछ ।
आइतबार साँझ ५ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।