logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • जसपा नेता भट्टराईले गरे पार्टी विभाजनको प्रस्ताव

    जसपा नेता भट्टराईले गरे पार्टी विभाजनको प्रस्ताव

    2.5K
    Shares

    काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् । समयले नयाँ ध्रुवीकरण खोजेको भनि भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका हुन् ।

    उनले भनेका छन् ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणका निम्ति पुरानो भत्कनैपर्छ ।’

    अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति भएको भनि उनले समयले नयाँ ध्रुविकरण खोजेको उल्लेख गरेका छन् । उनले भनेका छन्,  ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रा सँग हुन दिऊँ । हात मिलाएर आ आफ्नो बाटो लागौं । हिँडिरहे फेरि भेट हुनेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend