काठमाडाैं । आठ मन्त्री र २ राज्यमन्त्री लिएर जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच सोमवार बालुवाटारमा भएको छलफलमा ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने गरी सहमति निकट स्राेतले बताएकाे छ ।
८ मध्ये ६ वटा पूर्व माओवादी खेमाका मन्त्रीहरू जिम्मेवारीविहीन भएपछि रिक्त भएका मन्त्रालय छन् । गृहमन्त्रालय भने जसपाले नपाउने बताइएकाे छ । जसपाका ३२ सांसदमध्ये २० जना सांसदले ठाकुरलाई साथ दिएपछि १० जना मात्र समेट्न सकिने हुनाले बाँकी १२ जना असन्तुष्ट हुने खतरा बढेको छ ।
राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव, विमल श्रीवास्तव, एकवाल मियाँ, रामबाबु यादव, उमाशंकर अरगरिया, चन्दा चौधरीलागायतका नेता मन्त्रीका लागि चर्चामा छन् । यद्यपी यसकाे टुंगाे भने लागिसकेकाे छैन ।