logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • लुम्बिनी उपनिर्वाचन : २९७ मत खस्यो, तीन जनप्रतिनिधि अनुपस्थित

    लुम्बिनी उपनिर्वाचन : २९७ मत खस्यो, तीन जनप्रतिनिधि अनुपस्थित

    2.5K
    Shares

    काठमाडाैं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदका लागि भएको मतदान सकिएको छ । दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान भएको थियो ।

    उपनिर्वाचनमा प्रदेशसभाका ८३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुख २१७ जना गरी ३०० मतदाता थिए । जसमध्ये २९७ जनाले मात्रै मतदान गरेका छन् । मतदानमा प्रदेशसभाका ८३ र स्थानीय तहका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुखले २१४ जनाले मतदान गरे । जसमा कोरोना संक्रमित २७ मतदाता थिए ।

    मतदानमा स्थानीय तहका तीन मतदाता अनुपस्थित भएका छन् । जसमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह, गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा छन् । राणाले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए । साह बिरामी भएर उपचार गर्न लखनउ गएका छन् भने थापा पनि बिरामी छन् । उनी काठमाडौंमा उपचार गरिरहेका छन् ।

    उपनिर्वाचनमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । अब केहीबेरमा मत मेटिकाको मुचुल्का उठाएर मतगणना शुरू हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend