logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • यस पटकको एसइई पनि आन्तरिक मूल्याङ्कनबाटै

    यस पटकको एसइई पनि आन्तरिक मूल्याङ्कनबाटै

    2.8K
    Shares

    काठमाडौं । सरकारले यस पटकको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस पटक गत वर्षझैं कोभिड संक्रमणको उच्च जोखिम बढ्दै गएकाले एसइई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए। यो समाचार आजको नागरिक दैनिकले छापेको छ । 

    आइतबार राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा एसइई परीक्षा सञ्चालनको विकल्पसहितको प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनमा मन्त्रालयले छलफल गरेको थियो। प्रतिवेदनकै आधारमा मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए।

    सोही आधारमा मन्त्रिपरिषद्ले सोमबार आन्तरिक मूल्यांकनबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको ती मन्त्रीले जनाए। कोभिड–१९ को जोखिम बढ्दै गएपछि जेठ १३ मा हुने तय भएको एसइई परीक्षा सिसिएमसीले स्थगित गरेको थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend