काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।
बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।
पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि यादवले ठाकुरसहित चार जनालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ आएको थिएन ।
यस्तै, ठाकुर पक्षले पनि उपेन्द्र यादवसमक्ष पत्र पठाएर स्पष्टिकरण माग गरेकाे थियाे । जसपामा केही समय अघिदेखि विवाद चल्दै आएकाे छ । उपेन्द्र यादव पक्ष सरकारकाे विराेधमा छ भने महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा देखिएकाे छ ।