logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने महन्थ ठाकुर पक्षकाे निर्णय

    उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने महन्थ ठाकुर पक्षकाे निर्णय

    2.3K
    Shares

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका छन् ।

    मंगलबार बसेका ठाकुर पक्षकाे बैठकले यादवलाई निष्कासन गर्ने निर्णय गरेकाे निकट स्राेतले जानकारी दियाे । यादव पक्षबाट ठाकुरसहित चार नेता निष्कासनको निर्णय गरेकाे केही समयपछि ठाकर पक्षकाे बैठक बसेकाे थियाे । 

    मंगलबार नै उपेन्द्र यादव पक्षले ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्काशन गरेकाे थियाे । जसपामा केही समययता ठाकुर र यादव पक्षबीचमा एक अर्काविपरित निर्णय गर्ने र स्पष्टिकरणकाे माग गर्ने हाेडबाजी नै चलिरहेकाे छ । ठाकुर पक्ष सरकारकाे समर्थनमा छ भने यादव पक्ष सरकारकाे विपक्षमा रहेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend