काठमाडाैं । पछिल्लाे समय काेराेनाभाइसबाट आक्रान्त बनेकाे भारतमा फेरि संक्रमणदर उकालाे लाग्न थालेकाे छ । कोरोनाभाइरस संक्रमणको कारण भारतमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७ जनाको मृत्यु भएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही अवधिमा १ लाख ३२ हजार ७ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ३१ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् ।
भारतमा अहिलेसम्म कुल २ करोड ८३ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ६१ लाख भन्दा बढी डिस्चार्ज भएका छन् । भारतमा अहिलेसम्म ३ लाख ३५ हजार १ सय २ जनाले ज्यान गुमाइसकेका छन् भने १७ लाख ९३ हजार ६ सय ४५ जना संक्रमित रहेका छन् ।