काठमाडौं । विवाद र वार्ता संगसंगै चलाईरहेको एमालेका दुई पक्षको आज बेग्ला-बेग्लै बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक आह्वान गरेका छन् । अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।
त्यस्तै झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आज केन्द्रीय समिति बैठक बोलाएको छ। भर्चुअल रूपमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए।
आफू अप्ठ्यारोमा पर्दा मात्रै ओलीले वार्ताको कार्ड फ्याक्ने गरेको बताएका नेता नेपाल अब एकता टर्दै गएको निष्कर्षमा पुगेका छन्। यसबारे उनले थप कुरा केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्न लागेका हुन् ।
एमालेकै दोस्रो तहका नेताहरु भने विवाद मिलाउनका लागि सक्रिय रहेका छन् ।