काठमाडाैं । माधव नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले अगाडि बढ्ने सामूहिक घोषणा गरेका छन् ।
बिहीबार १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गरी फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय सच्याउन पनि माग गरेका छन् ।
विज्ञप्तिमा भनिएकाे छ ‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौँ ।’
हेर्नुहोस् विज्ञप्ति :