काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा उपप्रधान तथा शहरी विकास मन्त्रालय लिएर जसपा सरकारमा सहभागी हुन लागेको हो ।
जसपा नेता डा. सुरेन्द्र कुमार झाले दिएको जानकारी अनुसार शरतसिंह भण्डारीलाई ऊर्जा जलस्रोत तथा सिंचाइ, अनिलकुमार झालाई खानेपानी, लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार समाजिक सुरक्षा मन्त्रालय र उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्री दिइएको छ ।
त्यसैगरी एकवाल मियालाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्य मन्त्री, चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्य मन्त्री दिइएको छ ।
शपथ साँझ ६ बजे हुने बताइएकाे छ ।