काठमाडाैं । रघुवीर महासेठ श्रीमान् श्रीमतीको केपी शर्मा ओलीको मन्त्रिपरिषदमा हालीमुहाली भएको छ । रघुवीर महासेठ दम्पत्ति ओलीको मन्त्रिपरिषदमा पालैपालो मन्त्री बनेका छन् ।
२०७४ चैत २ गतेकाे मन्त्रिपरिषद्काे निर्णयअनुसार भौतिक पूर्वाधार मन्त्री बनेका रघुवीर महासेठ २० महिनापछि मन्त्रीबाट बिदा भए । ०७७ पुस ५ मा प्रधानमन्त्री ओलीले एकलौटी रूपमा संसद् विघटन गर्ने निर्णय लिएपछि मन्त्रिपरिषद्मा रहेका माधवकुमार नेपाल पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए ।
त्यसपछि दाहाल-नेपाल समूहमा आएकी महतो मन्त्री हुने भएपछि ओली समूहमा फर्किइन् । त्यसपछि महासेठकी श्रीमती जुलीकुमारी महतोलाई ओलीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषदमा ल्याए ।
हाल मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । जुलीकुमारी महतो बाहिरिने भएकी छन् । महतो अर्वपति उपेन्द्र महताेकी बाहिनी पनि हुन् ।
महासेठ धनुषा ४ बाट निर्वाचित सांसद हुन् भने उनकी श्रीमती जुलीकुमारी महतो समानुपातिक सांसद हुन् ।