logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • ओली समूहमा लागेका तामाङ दम्पतीलाई फाइदा : श्रीमान् श्रीमती नै मन्त्री 

    ओली समूहमा लागेका तामाङ दम्पतीलाई फाइदा : श्रीमान् श्रीमती नै मन्त्री 

    3K
    Shares

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङ दम्पती नै मन्त्री बन्ने भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रूपमा मन्त्रीमण्डल हेरफेर गरी शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन् । शेरबहादुरकी पत्नी उषाकला राई प्रदेश १ मा सामाजिक विकास मन्त्री छन् ।

    पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-माधव समूहमा लागेका थिए। प्रचण्ड–माधव समूहको भेला, प्रदर्शन र कार्यक्रमहरूमा सहभागी हुने गरेको यो दम्पती फागुन ८ मा भने ओली समूहमा फर्किएको थियो । 

    शेरबहादुर  तामाङ प्रतिनिधि सभाको गत निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए भने प्रदेश १ को प्रदेशसभामा उषाकला समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend