काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराएका छन् । एमालेका पुराना अधिकांश मन्त्री हटाएर ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, रघुवीर महासेठ र जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाइएकाे छ । रघुवीरलाई परराष्ट्र र राजेन्द्र महतोलाई सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री बनाइएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङलाई दिइएकाे छ ।
अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठबाहेकका सबै मन्त्री पदमुक्त भएका छन् । एमालेबाट मन्त्री बनेकाहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाङ्फे, पदमाकुमारी अर्याल, गणेशसिंह ठगुन्ना, जुलीकुमारी महतो, प्रेमबहादुर ओले, पार्वत गुरुङ, भानुभक्त ढकाल पदमुक्त भएका छन् ।
रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफूसँग राखेका छन् ।
पुनर्गठन भएपछिको मन्त्रिपरिषद्
केपी शर्मा ओली : प्रधानमन्त्री
विष्णुप्रसाद पौडेल : उपप्रधान तथा अर्थ
रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्य तथा जनसंख्या
कृष्ण गोपाल श्रेष्ठ : विज्ञान, प्रविधि तथा शिक्षा
बसन्त नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला
राजेन्द्र महतो : उपप्रधानसहित सहरी विकास
शरदसिंह भण्डारी : ऊर्जा जलस्रोत तथा सिँचाइ
अनिलकुमार झा : खानेपानी
लक्ष्मणलाल कर्ण : भूमिसुधार तथा व्यवस्था
विमल श्रीवास्तव : श्रम तथा रोजगार सामाजिक सुरक्षा
उमाशंकर अरगरिया : युवा तथा खेलकुद
एकवाल मियाँ : वन तथा वातावरण
चन्दा चौधरी : महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री
रेनुका गुरुङ : महिला बालबालिका राज्यमन्त्री