logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • भट्टराईकाे प्रश्न : संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?

    भट्टराईकाे प्रश्न : संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?

    2.1K
    Shares

    काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? भन्ने प्रश्न गरेका छन् । उनले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जाेडियाे ? भनेर पनि प्रश्न गरेका छन् । 

    शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएपछि संघीय परिषद अध्यक्ष भट्टराईले ट्विटरमार्फत् यस्तो प्रश्न सोधेका हुन् ।

    उनले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? भन्ने प्रश्न उठाएका हुन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुवैको मुकुण्डो उत्रिएन त ?’

    शुक्रबार जसपाका १० जना नेताले शपथ लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend