logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • उपमेयरमा ९९ भोट पाएकी रेणुका गुरूङको चार वर्षे राजनीति, सांसद हुँदै मन्त्री !

    उपमेयरमा ९९ भोट पाएकी रेणुका गुरूङको चार वर्षे राजनीति, सांसद हुँदै मन्त्री !

    2.5K
    Shares

    काठमाडौं । शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा चार वर्ष अघि उपमेयरमा पराजित भएकी रेणुका गुरूङ राज्यमन्त्री भएकी छिन्। 

    प्रधानमन्त्री ओलीले शुक्रबार गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

    महन्थ ठाकुर पक्षीय जनता समाजवादी पार्टीको सिफारिसमा ओलीले उनलाई राज्यमन्त्री बनाएका हुन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । 

    २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा पराजित गुरुङले ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। 

    तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङ राजनीतिमा लागेको पनि चार वर्षमात्रै भएको छ। फोरमले उनलाई समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनाएको थियो । 

    जनता समाजवादी पार्टी ९जसपा०मा अध्यक्ष उपेन्द्र यादव पक्षकी गुरुङले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाएकी थिइन्। ठाकुरलाई सघाएपछि उनले मन्त्री पद हात पारेकी हुन्।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend