काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ता जारी राख्दै समानान्तर पार्टी गठन गर्ने निचोड निकालेको थियो।
यसैबीच नेता नेपालले बिहान ११ बजेदेखि समानान्तर कमिटीमा रहेका जिल्लाका पदाधिकारीहरूसँग भर्चुअल रूपमा छलफल गर्ने तयारी गरेका छन् ।