logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • आलोचनापछि पनि उपप्रधानमन्त्री महतोले भने : ‘नेपाल बहुल राष्ट्रिय राज्य नै हो’

    आलोचनापछि पनि उपप्रधानमन्त्री महतोले भने : ‘नेपाल बहुल राष्ट्रिय राज्य नै हो’

    1.7K
    Shares

    काठमाडौं । नव नियुक्त उपप्रधान तथा  शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य नै भएको दोहोराएका छन् ।  बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका हुन् । 

    शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिदैँ उपप्रधानमन्त्री महतोले नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनले बताए ।

    उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन दिए । 

    पदभार ग्रहण गरे लगत्तै बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएपछि उनी आलोचित बनेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend