logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बहुराष्ट्रिय राज्य स्वीकार्य छैन, संविधानविरुद्धका अभिव्यक्ति दण्डनीय हुन्छ : महासचिव पाेखरेल (भिडियाे अन्तर्वार्ता)

    बहुराष्ट्रिय राज्य स्वीकार्य छैन, संविधानविरुद्धका अभिव्यक्ति दण्डनीय हुन्छ : महासचिव पाेखरेल (भिडियाे अन्तर्वार्ता)

    5.4K
    Shares

    काठमाडाैं । नेकपा एमालेका महासचिव इश्वर पाेखरेलले बहुराष्ट्रिय राज्य स्वीकार्य नभएकाे र कसैले त्यस्ता किसिमका कुरा गरे त्याे दण्डनीय भएकाे बताएका छन् । 

    आइतबार सुनाैलाे नेपालसँगका कुराकानीका क्रममा पाेखरेलले नेपालकाे संविधानमा देशका बारेमा आँच पुर्‍याउने अभिव्यक्ति दिन नपाइने भएकाले यसलाई गलत अर्थ लगाउन खाेजिएकाे छ भने याे उचित नभएकाे बताएका हुन् । उनले भने ‘संविधानकाे किटानी बर्खिलापमा कसैलाई पनि बाेल्ने छुट छैन । यदि कसैले त्याे गर्छ भने त्याे दण्डनीय हुन्छ ।’ उनले यसका विषयमा प्रधानमन्त्रीले आवश्यक कदम चाल्ने पनि विश्वास व्यक्त गरेका छन् ।

    जसपाका नेता उपप्रधानमन्त्रीमा नियुक्त भएपछि उनले नेपाल बहुल राज्य हुनुपर्ने अभिव्यक्ति दिएका थिए । यद्यपी उनले आफूले बहुराष्ट्रिय राज्य भनेर भन्न नखाेजेकाे र विविधताकाेमात्र कुरा गरेकाे भनी विज्ञप्ति निकालिसकेका छन् । 

    महासचिव पाेखरेलले अहिले भइरहेकाे एमालेकाे विवादका विषयमा आफूहरु एकताको लागि ०७५ जेठ २ मा फर्किन तयार भएको पनि बताएका छन् । उनले माधव नेपाल पक्षहरुकाे माग पनि यही भइरहेकाे अवस्थामा थप प्रष्ट पार्दै भने, ‘हामी एकताका लागि उक्त मितिमा फर्कन तयार छाैँ । तर यसबीचमा कतिले पार्टी छाेडे, कतिपय पार्टीमा समावेश भए, अब त्याे मितिमा फर्किसकेपछि हामी यहीँ छाैँ नयाँ थपिएकाहरुलाई तपाईँहरु यहाँ रहनुभएन भन्न त मिलेन नि ।’ उनले दाेहाेर्‍याए भने हामी ०७५ जेठ २ मा फर्कन तयार छाैँ तर यान्त्रिक ढंगबाट हाेइन, यसबीचकाे विकसित आयब्ययहरु पनि समेटेर हामी पुन: एकीकृत हुन सक्छाैँ । 

    उनले माधव नेपाल पक्षले इर्ष्या, कुण्ठा, द्वेष र बदलाकाे भावनाका कारण उहाँहरु यस विषयमा कुरा गर्न नचाहेकाे आफूले महसुस गरेकाे पनि बताए । उनले नेपालपक्षसँग प्रश्न पनि गरे उनले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि हस्ताक्षर गर्ने अभ्यास कस्ताे ? आफ्नाे पार्टीकाे अध्यक्षलाई साधारण सदस्यबाट समेत निष्कासन गरेर निर्वाचन आयाेग र संसद सचिवालयमा जानकारी गराउने याे अभ्यास के हाे ?’ उनले याे अभ्यासकाे रियलाइजेशनकाे बारेमा जानकारी नगराएसम्म पुन: एकता गर्न गाह्रो हुने पनि बताए । 

    उनले सरकारले तीन वर्षकाे अवधिमा सरकारले उल्लेख्य काम गरेकाे र ती कामहरु देखिएकाे पनि दाबी गरेका छन् । 

    हेर्नुहाेस् भिडियाे :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend