काठमाडौं । पूर्व मन्त्री तथा एमलो नेता गोकुल बास्कोटाले एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव अन्तिम भएको बताएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार साँझ एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै नेपाल पक्षसमक्ष एकताका लागि ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्।
यसै विषयलाई लिएर बास्कोटाले पछिल्लो एकताको प्रस्ताव अन्तिम भएको र यसमा सहमति नभए आआफ्ना बाटा लाग्नुपर्ने भन्दै चेतावनी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए। लास्ट प्रयास१ पारिवारिक मिलनको, नत्र बाक्लो दाल खाऊ।’
उनले व्यङ्ग्यात्मक शैलीमा पार्टी भित्र बस्नेलाई केही जिम्मेवारी मिल्ने र जानेलाई दुई तीन मुठी सातुे विदा गर्ने उल्लेख गरेका छन् ।
यस्तो छ उनको स्टाटसः
‘अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुई तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा। के गर्नुरु आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए। यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए। लास्ट प्रयास१ पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।’