logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • राप्रपा टुक्रिने संकेत, कमल थापा २ अध्यक्षकाे भूमिकाप्रति असन्तुष्ट

    राप्रपा टुक्रिने संकेत, कमल थापा २ अध्यक्षकाे भूमिकाप्रति असन्तुष्ट

    2.8K
    Shares

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक अध्यक्ष कमल थापाले पार्टी पुन: टुक्रिनेतर्फ संकेत गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफूहरूलाई तीव्र गतिमा दौडने घोडासँग तुलना गरी पार्टीका अन्य दुई अध्यक्षको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

    राप्रपामा थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी ३ जना अध्यक्ष छन् । उनले भनेका छन् ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन,’ सांकेतिक रूपमा थापाले भनेका छन्, ‘तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।’

    अगाडि भनेका छन्, ‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला? च्यापिएर थला पर्न बेर छैन ।’

    कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच २०७६ फागुनमा एकता भएको थियाे । तर थापाले पार्टी एकताप्रति निराशा व्यक्त गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend