काठमाडाैं । गण्डकी प्रदेशका राष्ट्रिय जनमाेर्चाका सांसद कृष्ण थापाले आफू्लाई कांग्रेसका सांसदले प्रलाेभन देखाएकाे बताएका छन् । ‘कांग्रेसलाई समर्थन गरे जे माग्नुहुन्छ त्यही दिन तयार भएकाे’ भनी कांग्रेसका सांसदहरुले बताएकाे उनकाे भनाइ छ ।
पार्टीले ह्वीप विपरित काम कारबाही गरेकाे भनी उनलाई कारबाही गरेकाे थियाे । पार्टीबाट निष्कासित भएपछि उनले सर्वाेच्चमा रिट हालेका थिए । सर्वाेच्चले उनकाे पक्षमा फैसला गरिसकेकाे छ ।
सर्वाेच्चकाे फैसलापछि सुनाैलाे नेपालसँगकाे कुराकानीका क्रममा थापा सर्वाेच्चले आफ्ना निर्वाचन क्षेत्रकाे जनताहरुकाे विचार स्थापित गराएकाे बताएका छन् । उनले आफ्नाे पार्टीमाथि भने असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले एक फरक दलकाे मानिस आएर आफ्नाे पार्टीकाे निर्णय गरिदिन्छु भन्दा अलि आश्चर्य लागेकाे पनि बताए । उनले भने ‘हाम्राे दलकाे नेताहरुसँग उहाँहरुकाे कति सहकार्य रहेछ भन्ने कुरा त यहीँबाट पुष्टि भइहाल्याे नि । कांग्रेसकाे सरकार बनाउन ममाथि उहाँहरुले कारबाही गर्नुभयाे ।’
थापाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसकाे सरकार बनेर केही परिवर्तन नहुने दाबीसमेत गरे ।
हेर्नुहाेस् भिडियाे :