काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो प्रमुख उद्देश्य कोरोना भाइरसको महामारीबाट देशलाई मुक्त गर्ने भएको बताएका छन् । सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमार्फत् उनले नागरिकको जीवन बचाउनका लागि दायित्व पूरा गर्ने बताए ।
उनले भने ‘आम मानिसको जीवनभन्दा ठूलो केही छैन त्यसका लागि सबै भूमिका निर्वाह गर्छु ।’मन्त्री तामाङले कोरोना कहरबाट नागरिक जोगाउन खोप व्यवस्थापनमा जोड दिएको बताए ।
उनलेभ भने ‘बजेट छुट्याएरै खोप ल्याउने तयारी भइरहेको छ । जनस्तरबाट पनि हरेक सुरक्षा मापदण्ड अपनाएर साथ दिन आग्रह गर्छु ।’
७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ वटामा अस्पताल निर्माण प्रक्रिया अघि बढेको उनको दावी छ । जसका लागि आउँदो असार मसान्तसम्ममा टेन्डर प्रक्रिया सक्काउने उनले बताए ।