logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • ओलीका प्रस्ताव जालझेलपूर्ण, लिखित जवाफ दिने नेपाल पक्षकाे निर्णय

    ओलीका प्रस्ताव जालझेलपूर्ण, लिखित जवाफ दिने नेपाल पक्षकाे निर्णय

    1.8K
    Shares

    काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई जालझेलपूर्ण भएको निष्कर्ष निकालेको छ ।

    सोमबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले संसद् विघटन कायमै राखेर अदालतको मुद्दा फिर्ता हुने कुरा असान्दर्भिक रहेको निष्कर्ष निकालेको हो ।

    माधव पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । उनले पार्टी अध्यक्षले सार्वजनिक गरेको व्यक्तव्यमा कतिपय असान्दर्भिक र नमिलेका कुराहरु यथावत् नै रहेकोसमेत बताए । 

    बैठकले ओलीको प्रस्तावमा लिखित जवाफ दिने निष्कर्ष निकालेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend