logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • यी शर्तमा कांग्रेससँग एकता हाेला, नेपाल गुटसँग हाेइन : सूर्य थापा 

    यी शर्तमा कांग्रेससँग एकता हाेला, नेपाल गुटसँग हाेइन : सूर्य थापा 

    1.7K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल समूहले जेठ २ मा फर्कन नचाहेको भन्दै त्यो रटान सकिएको बताएका छन् ।

    पार्टी केन्द्रीय सदस्यसमेत रहेका थापाले माधव नेपाल गुटको शर्तमा बरु शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेससँग एकता होला भन्दै कटाक्ष गरेका छन् । 

    उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ । माधवकुमार नेपालका सर्त स्वीकारेर त एकता हुँदैन । यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला ।’ तेल निकाल्न बालुवा होइन, तोरी पेल्नुपर्ने भन्दै ‘ल्याङल्याङ’ अति भएको पनि उनले बताएका छन् ।

    ‘अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौँ, असम्भव कोसिस छाडौँ,’ थापाले आग्रह गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend