काठमाडाैं । पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको खरानी समूहले पार्टी एकताको ठोस आधार निर्माण गरेको भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले माओवादी केन्द्रमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उनीहरूको छलाङकारी यात्रामा आजबाट कसैले अवरोध नगरोस् भन्दै व्यङ्गात्मक शैलीमा शुभकामना समेत दिएका छन् ।
उनले भनेका छन्,’ विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई । माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्,अग्रिम शुभकामना !’