logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • शेयर बजार पूँजीकरण ४१ खर्ब नाघ्यो, ७ कम्पनीको शेयरमा सर्किट

    शेयर बजार पूँजीकरण ४१ खर्ब नाघ्यो, ७ कम्पनीको शेयरमा सर्किट

    3.8K
    Shares

    काठमाडाैं । मुलुकको कूल गार्हस्थ उत्पादनलाई शेयर बजारले पछाडि पारेको छ । मंगलवारको कारोबारपछि नेपालको शेयर बजारको कूल बजार पूँजीकरण ४१ खर्ब ९ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुगेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण संकटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताएकै दिन बजार पूँजीकरणमा उल्लेख्य सुधार देखिएको हो ।

    उनले मंगलवार आयोजित एक श्रव्यदृश्य कार्यक्रममा उक्त जानकारी दिए । सोमवारको तुलनामा मंगलवार बजार पूँजीकरण मात्रै ७४ अर्ब १९ करोड रुपैयाँ बढीले वृद्धि भएको हो । मुलुकको कूल गार्हस्थ उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.४४ विन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुगेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.४७ विन्दुले उकालो लागेर ५२८.१० मा पुगेको छ ।

    नेप्सेका अनुसार कूल २१८ कम्पनीको ३ करोड ५७ लाख ३७४ कित्ता शेयर १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये मंगलवार ३ उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । होटल तथा पर्यटन १६.४५, लघुवित्त २४.२१ र लगानी ०.९३ ले ओरालो लागेको छ । बैंकिङ २०.१, व्यापार १९.२७, विकास बैंक ३९८.२९, जलविद्युत् ५८.३६, वित्त १८५.९३, निर्जीवन बीमा ५५४.१५, उत्पादन १२९.३, अन्य ४५.६३, जीवन बीमा ६६८.५७ र सामूहिक लगानी कोष ०.३४ विन्दुले बढेको छ ।

    कारोबारका आधारमा मंगलवार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको १ अर्ब ६ करोड ६४ लाख ६४ हजार ७२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

    रसुवागडी हाइड्रोपावर ४७ करोड ८२ लाख ९२ हजार १०७, युनाइटेड मोदी ३७ करोड ३९ लाख ७९ हजार ५८, लुम्बिनी विकास बैंक ३५ करोड ७८ लाख ७४ हजार ४९६ र नेपाल पूर्वाधार बैंक ३३ करोड ३१ लाख १५ हजार १०९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    हिमालयन जनरल इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स,जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

    मेरो माइक्रोफाइनान्स २.८५, हिमाल दोलखा हाइड्रोपावर २.८२, सामुदायिक लघुवित्त २.६१, मिथिला लघुवित्त २.०७ र आइसिएफसी फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend