logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • योगेश भट्टराईले खुलासा गरे एमाले एकता हुन नसक्नुको मूल कारण

    योगेश भट्टराईले खुलासा गरे एमाले एकता हुन नसक्नुको मूल कारण

    2.9K
    Shares

    काठमाडौं । एमाले नेता योगेश भट्टराईले मूल दुई कारणले एमाले एकता जटिल भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताएका हुन् । 

    उनले लेखेका छन्, ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।’

    त्यस्तै नेपाल खनाल पक्षको बारेमा उनले लेखेका छन्,‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केकालागि गर्दैछ यो सब ?’

    यी विषयमा शीर्ष नेताहरुबीच छलफल आवश्यक भएको र साझा निष्कर्षमार्फत एकता बचाउन उनले आग्रह गरेका छन् । एमाले एकता बचाउनका लागि पार्टीका दोस्रो तहका नेताहरु सक्रिय छन्, जसमा योगेश भट्टराई पनि लागिरहेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend