काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्नको लागि गठन गरिएको संवैधानिक इजलासको विवाद टुंगिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जेठ २१ गते आइतबार पुनर्गठन गरेको इजलासमा बुधवारदेखि विषयकेन्द्रित बहस शुरू भएकाे हाे ।
उक्त मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवाका वकिलले राष्ट्रपतिले झालझेल गरी सरकार बन्न नदिएको आरोप लगाएका छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट पहिलो बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेको होइन, बन्न नदिइएको जिकिर गरे । उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको अवज्ञा गरेको आरोप पनि लगाए ।