logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • गङ्गा चाैधरी भन्छिन्, ‘एमाले यसकारण फुटकाे संघारमा छ’

    गङ्गा चाैधरी भन्छिन्, ‘एमाले यसकारण फुटकाे संघारमा छ’

    3.8K
    Shares

    काठमाडाैं । नेकपा एमाले नेतृ गंगा चाैधरीले पार्टी एकताका लागि सबै मिलेर जानका लागि आह्वान गरेकी छिन् । बुधबार सामाजिक सञ्जालमा नेकपा एमालेमा फुटका कारणबारे उल्लेख गरी जनताकाे प्रिय बनेकाे पार्टीकाे रक्षा गर्न सबैसमक्ष आग्रह गरेकी हुन् । 

    उनले नेकपा एमाले फुटकाे संघारमा पुग्नुकाे कारण पहिलाे पुस्ताले नेतृत्व नछाेड्नु र दाेस्राे पुस्ता गुटमा रमाउनु रहेकाे बताएकी छिन् । उनले लेखेकी छिन् ‘मूलतः पहिलो पुस्ताका नेतामा देखिएको बांचुन्जेल नेतृत्व छोड्न नचाहने , नसक्ने हठ र प्रवृत्ति अनि दोस्रो पुस्ताका नेतामा देखिएको गुटमा रमाउने प्रवृत्ति आफ्नो गुटको नेता प्रति भक्ति भाव प्रदर्शित गर्ने, गुटको घेरा तोड्न नसक्ने, आफ्नो राजनीतिक भविष्यलाई सुरक्षित गर्न गुटको पक्ष पोषण गरि रहने प्रवृत्ति नै पार्टी फुटको संघारमा पुग्नुको मूल कारण हो ।’

    उनले पार्टीलाई फुटबाट जोगाउने हो र सशक्त बनाउने हो भने पहिलो पुस्ताका नेताहरुले त्याग गरेर दोस्रो, तेश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने र दोस्रो पुस्ताका नेताहरुले पनि गुटबाट बाहिर निस्कनुपर्ने बताएकी छिन् । उनले भनेकी छिन् ‘आफ्नो व्यक्तिगत राजनीतिक भविष्यलाई गौण ठानेर पार्टी र देशको भविष्यलाई सर्वोपरी ठानेर अगाडि बढ्नु नै बुद्धिमानी हो र आजको आवश्यकता हो ।’

    उनले पार्टीका शीर्षस्थ नेताहरुकाे चर्तिकला देखेर पार्टीका लाखौं कार्यकर्ताहरू, शुभेच्छुकहरु, शुभ चिन्तकहरु आजित र चिन्तित भएको पनि उल्लेख गरेकी छिन् । उनले अगाडि भनेकी छिन् ‘कम्युनिस्टहरु प्रतिको जनताको क्रेज जोगाउने हो र मोह भंग हुन नदिने हो भने दुवै पक्षले आ-आफ्नो इगो, इर्ष्या र अहंकार छोड्नै पर्छ र त्यागको भावना देखाउनै पर्छ ।’ उनले पार्टी एकता जाेगाउन दुवैपक्षसँग आग्रह गरेकी छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend