logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • सभामुखले बाेलाए प्रधानमन्त्रीसहित सबै राजनीतिक दलहरूको बैठक

    सभामुखले बाेलाए प्रधानमन्त्रीसहित सबै राजनीतिक दलहरूको बैठक

    3.6K
    Shares

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन् ।

    सापकाेटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बाेलाएका छन् । समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजना गरिएको बताइएको छ ।

    प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । संघीय संसद् भवनमा बैठक शुक्रबार दिउँसो २ बजेका लागि बाेलाइएकाे छ ।

    प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend