काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले शुक्रबाको लागि बोलाएको बैठकबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी नभएकाे प्रधानमन्त्री निकट स्राेतले जनाएकाे छ ।
संसदका प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुसँग छलफलका लागि सभामुखले पत्राचार गरेकाे बताइएकाे थियाे । तर प्रधानमन्त्रीको सचिवालयले त्यस्तो बैठकबारे जानकारी नभएको र अहिले प्रतिनिधिसभा नै भंग भएकाले सभामुखसँग बैठक बोलाउने आधार पनि नरहेको जनाएको छ ।
सभामुख सापकाेटाले संघीय संसद् भवनमा बैठक शुक्रबार दिउँसो २ बजेका लागि बाेलाएकाे सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका थिए ।