logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • यस्ताे छ स्वास्थ्यमन्त्री तामाङकाे सम्पत्ति विवरण, कानुनमन्त्री हुँदा ३० ताेला सुन अहिले २२ ताेला मात्र !

    यस्ताे छ स्वास्थ्यमन्त्री तामाङकाे सम्पत्ति विवरण, कानुनमन्त्री हुँदा ३० ताेला सुन अहिले २२ ताेला मात्र !

    4K
    Shares

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् ।

    सार्वजनिक विवरणानुसार उनकी श्रीमती उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा अढाईतले एउटा घर छ । मन्त्री तामाङ र राईको नाममा काठमाडौं, खोटाङ, सिन्धुपाल्चोक र मोरङका विभिन्न स्थानमा जग्गा रहेको छ ।

    उनीहरुसित २२ तोला सुन छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा केही नगद मौज्दात र सेयर रहेको छ भने ऋण पनि विवरणमा उल्लेख छ । सम्पत्ति विवरणानुसार राईको नाममा एउटा कार र तामाङको नाममा एउटा मोटरसाइकललगायत रहेको छ ।

    कानुनमन्त्री हुँदा तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सम्पत्ति विवरण सार्वजनिक पहिलो मन्त्री थिए । त्यतिबेला उनकाे काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए । 

    यसपटक भने मन्त्री तामाङको सम्पत्ति विवरणमा २२ तोला सुनमात्र भएको बताइएकाे छ।

    कानुनमन्त्री हुँदा ७० लाख रुपैयाँ ऋण रहेकाे तामाङकाे यसपटक ऋण ३५ लाखमात्र भएको उल्लेख छ । कृषि विकास बैंकमा १६ लाख रुपैयाँ ऋण रहेको र अन्यमा १९ लाख ऋण भएको उनले उल्लेख गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend