काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । रिक्त सात मन्त्रालयमा बिहीबार मन्त्री नियुक्तिको तयारी भएको प्रधानमन्त्रीनिकट स्राेतले बताएकाे छ ।
स्रोतका अनुसार आज साँझ मन्त्रीहरुको शपथ हुने सम्भावना रहेको छ ।
प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालिरहेका छन् ।
गएकाे शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई मन्त्री बनाएका थिए ।
प्रतिनिधिसभा भंग गरि चुनावकाे मिति घाेषणा गरिसकेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरिरहेका छन् । प्रतिनिधिसभा विघटन विरुद्धकाे मुद्दामा सर्वाेच्चमा बहस भइरहेकाे छ ।