logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कर्णालीबाट मोहन बानियाँ मन्त्री बनेपछि कर्णालीवासीमा उत्साह

    कर्णालीबाट मोहन बानियाँ मन्त्री बनेपछि कर्णालीवासीमा उत्साह

    3.4K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेकाे मन्त्रिपरिषद्मा मुगुका एमाले नेता तथा निवर्तमान सांसद मोहन बानियाँ कर्णाली प्रदेशबाट मन्त्री बनेका छन् । बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ ।

    ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका उनी एमालेमा अध्यक्ष ओली पक्षका पुराना नेता हुन् । उनी  बिगत तीन बर्ष देखि सरकारका काम कारबाहीको  प्रचार गर्दै आएका थिए। कर्णालीको पुरानो र सिनियर नेता भएकोले कर्णालीबासीको  आवाज सुन्नका लागि मन्त्रीपरिषद्मा आफूहरु पनि हुनुपर्ने र याे आवाज कर्णाली क्षेत्रका स्थानीयकाे भएकाे बताउँदै आएका थिए ।

    यही मन्त्रालय चाहिन्छ भनेर नताेकेपनि कर्णालीकाे प्रतिनिधित्व गर्न मन्त्रीपरिषद्मा कर्णालीबासीकाे प्रतिनिधित्व चाहिने उनकाे तर्क थियाे ।

    अहिलेकाे विषम् परिस्थितिमा आएर उनी मन्त्री बनेका छन् । दिउँसो ४ बजे शपथ ग्रहणको समय तोकिएकाे छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक भएपछि यतिबेला उनी शुभेच्छुक र कार्यकर्ताको बधाई थापिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend